१५८ यात्रु लिएर उडेको विमानमा आगो लाग्यो

५ असार, एजेन्सी । बिहारको राजधानी सहर पटनामा १८५ मानिस सवार विमानमा आगलागी भएको छ।

बिहारको पटनाबाट दिल्लीतर्फ गइरहेको विमानमा आगलागी भएको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्पाइस जेटको विमान उडान भर्ने समयमा विमानमा आगलागी भएको थियो।

त्यसपछि विमानलाई आपतकालीन अवतरण गराइएको थियो।

पटना विमानस्थलका अधिकारीहरुका अनुसार विमानका सबै यात्रु सुरक्षित छन्। उनका अनुसार विमानको बायाँ पंखामा आगलागी भएको हो।