१८ असार, झापा। बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको पर्यटन बिकासको लागि १० अर्ब लगानी गर्ने भएका छन्।
झापा क्षेत्र नं ३ को जलथल जङ्गल, किच्कबध र कचनकवलको होचो भूभाग र हल्दिबारीको भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् । केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ ।
उक्त टोलीले किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका बनाएको प्रसाईले जानकारी दिए । ५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बढेको समेत उनले बताए ।
जलथल जङ्गललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन हबको विकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको उनको भनाइ छ ।







