ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

२३ असार, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घटेको हो।

बुधबार ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।