अहिलेसम्म ६९ हजार ३०१ पुगे कोरोना संक्रमित, कोरोना मुक्त हुनेको संख्या ५० हजार नाघ्यो

थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि

असोज, ८ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ४५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।