असोज, ८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
योसँगै भाइरसका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृतकमध्ये ५ जना महिला र १२ जना पुरुष रहेका छन् पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।







