होटेलमा २१ वर्षीया युवती मृत फेला

२६ असार, रुपन्देही। बुटवलको एक होटेलमा पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।