सुनको मूल्य घटेर आइपुग्यो प्रतितोला ९४ हजार ५ सय

२८ असार, काठमाडौं । सुनको मूल्य घटेर प्रतितोला ९४ हजार ५ सयमा आइपुगेको छ। मंगलबार सुनको बजार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिन यता सुनको मूल्य घट्‍ने क्रम जारी छ। सोमबार सुन तोलामा एक सय रुपैयाँले घट्दै प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि मंगलबार घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार एक सय ८५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुन १७.२९ डलरमा कारोबार भइरहेको छ ।चाँदी प्रतिऔंस १९.०३ डलर छ। सोमबार सुन प्रतिऔंस १७४२.३४ डलर र चाँदी प्रतिऔंस १९.३२ डलर थियो ।