२८ असार, काठमाडौं । नेपाली राजनीतिमा डा. बाबुराम भट्टराईलाई बौद्धिक र शिक्षित नेताको रुपमा लिइन्छ । तर, उनको राजनीतिक जीवन भने स्थिर हुन सकेन । परिणाममा उनी पटक पटक–अन्योलमा पर्दै आएका छन् ।
तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र युसद्धमा होमिएर नेपाली राजनीतिमा उदाएर प्रधानमन्त्री समेत भइसकेका डा.बाबुराम भट्टराई माउ पार्टी माओवादी केन्द्र छाडेर हिँडेपछि एक पछि अर्को गर्दै अन्योलमा पर्दै आएका छन् । नयाँ शक्ति बनाएर माओवादी छाडेका उनी बिभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढ्दै फेरि नयाँ शक्ति ब्युत्याउनेमा पुगेका छन् ।
डा. भट्टराईले संविधान जारी भए लगत्तै माओवादी छाडे । ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरे । तर, २०७४ को स्थानीय र संघीय चुनावमा नयाँ शक्तिले सोचे अनुसार परिणाम ल्याउन सकेन । त्यसपछि २३ वैशाख २०७६ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरे । समाजवादी पार्टी, नेपाल बनाए । केही समय पछि महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग समेत एकीकरण भएर जनता समाजवादी पार्टी बनाए ।
सशस्त्र यसद्धमार्फत नेपाली राजनीतिमा उदाएर प्रधानमन्त्री समेत भइसकेका डा.बाबुराम भट्टराई माउ पार्टी माओवादी केन्द्र छाडेर हिँडेपछि एक पछि अर्को गर्दै अन्योलमा पर्दै आएका छन् । नयाँ शक्ति बनाएर माओवादी छाडेका उनी बिभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढ्दै फेरि नयाँ शक्ति ब्युँत्याउने पुगेका छन् ।
तर, फेरि जसपामा विग्रह शुरु भयो । महन्थ ठाकुरले नयाँ पार्टी बनाए । उपेन्द्र यादवले पनि एकलौटी निर्णय गर्न थालेको भनेर डा. भट्टराईले मंगलबारदेखि काठमाडौंमा आफु पक्षीय केन्द्रीय समितिको बिस्तारित बैठक सुरु गरेका छन् । यता, पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षको पनि मंगलबार नै केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ । बुधबार उक्त समूहको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।
एकै दिन, एउटै पार्टीका समानान्तर बैठक बसेपछि अब जनता समाजवादी पार्टी एक छैन भन्ने संदेश गएको छ । यो बेला फेरि डा. भट्टराई नै अन्योलमा परेका छन् । पार्टी विभाजनको कुनै मनसाय नरहेको बताएका भट्टराईले राजनीतिक दस्तावेजमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने वा विचार मिल्नेसँग एकीकरण वा ध्रवीकरण गर्ने विकल्प अघि सारेका छन् ।
सबैको सुझाव लिएपछि आगामी कदम तय गर्ने भन्दै उनले भने, ‘यहाँ हामीले यो, त्यो केही पनि नभनी सबै साथीहरूलाई बोलाएर तपाईंहरूको राय, सल्लाह लिएर यसको समाधान कसरी गर्ने भन्ने हाम्रो मक्सद हो ।’ तर बैठकमा उपस्थित अधिकांश नेताहरू उनी जस्तै अलमलमा देखिएका छन् ।







