भारतले धौलीगंगा जलविद्युत्‌को बाँध खोल्यो, सतर्कता अपनाउन आग्रह

३१ असार, काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।

भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोलेको हो ।

जसका कारण महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।

सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गरे ।