नेपाल राष्ट्र बैंकमा इञ्जिनियर र सवारी चालकका लागि जागीर

असोज ९, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले इञ्जिनियर र सवारी चालकका लागि दरखास्त आह्वान गरेको छ । बैंकले करारमा तीन जना सिभिल इञ्जिनियर र १० जना सवारी चालकका लागि करारमा कर्मचारी मागेको हो ।

करार अवधि ६ महिना हुनेगरी राष्ट्र बैंकले लिखित परीक्षा बिना नै नियुक्त गर्न लागेको हो । सवारी चालकका लागि प्रयोगात्मक र अन्तरवार्ता तथा इञ्जिनियरका लागि अन्तरवार्ताका माध्यमबाट कर्मचारी नियुक्त गरिने जनाइएको छ ।

राष्ट्र बैंकबाट दरखास्त फारम लिएर आवेदन दिन सकिनेछ । सिभिल इञ्जिनियरका लागि झन्डै ६० हजार रूपैयाँ मासिक तलब तोकिएको छ भने चालकले तलब र खाजा खर्च गरी ३० हजार र अन्य सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।