चार वटा प्रदेशमा अझै वर्षाको सम्भावना

असोज ९, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले देशका चार वटा प्रदेशमा अझै वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा शुक्रबार पनि वर्षा हुने विभागको भनाइ छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसममा आंशिक र अन्यमा सामान्य बदली छ । बाँकी पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी, महाकाली, राप्ती जस्ता नदीमा पानीको बहाव घट्दो रहेको विभागले जनाएको छ । नारायणी, कमला, बागमती र तिनाउको बहाव भने केही बढ्न सक्ने अनुमान छ ।