चेक बाउन्स मुद्दाका फरार पूर्वफुटबल खेलाडी पक्राउ

५ साउन, झापा । चेक बाउन्स मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका-४ निवासी दिलकुमार कार्की रहेका छन् ।

कार्की राष्ट्रियस्तरका पूर्वफुटबल खेलाडी समेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले बिहीबार बिहान सुरुङ्गा बजारबाट कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई झापा जिल्ला अदालतले चेक बाउन्सको मुद्दामा एक वर्ष कैद र एक हजार जरिमानासहितको सजाय सुनाइएको थियो । बिगो ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।