१ हजार रुपैयाँले बढेर सुनको मुल्य पुग्यो ९४ हजार

६ साउन, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर सुनको मुल्य प्रतितोला ९४ हजार कायम भएको छ।

बिहीबार छापावाला सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको हो। सुनको कारोबार ९४ हजार निर्धारण भएको यो साताको तेस्रोपटक हो। यसअघि सोमबार र बुधबार पनि सुन तोलाको ९४ हजार थियो।

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ भएको छ । बिहीबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १७१४.१५ डलर र चाँदी १८.७५ डलरमा कारोबार भइरहेको छ।