नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मू आज शपथ लिँदै

८ साउन, एजेन्सी । नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन् ।

भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् ।

भारतीय गृह मन्त्रालयका अनुसार शपथ ग्रहरणको कारेक्रम बिहान सवा १० बजे संसदको केन्द्रीय हलमा हुने छ। सीजेआई एनवी रमणाले उनलाई शपथ दिलाउने छन्।

यसपछि उनलाई २१ तोपको सलामी दिइने छ।