थप ६ जनाको कोरोनाका कारण मृत्यु

असोज, ९ काठमाडौं । पछिल्लो विवराण् अनुसार नेपालमा थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयकोनियमित प्रेस ब्रिफिङमा जनाइएका अनुसार भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

आज मृत्यु हुनेमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

त्यस्तै, पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २६२ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।