असोज, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकाका तीन वटा जिल्लामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ३ जना छन् । यस्तै, ललितपुर जिल्लामा ९१ र भक्तपुर जिल्लामा ५१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार ३ सय १३ जना संक्रमित थपिएका छन् ।







