१९ साउन, काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरण गरी बसपार्क लाने क्रममा ६ नेपाली पक्राउ परेका छन्।
अपहरणमा संलग्न ६ जना नेपाली नागरिकहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।
काठमाण्डौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले भने, ‘म्याद थप गर्दैछौं, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ पक्राउ पर्नेहरु चाहिँ सबै नेपाली नागरिक हुन् ।
उनीहरुसँग एक करोड रुपैयाँ फिरौटी मागिएको प्रहरीको भनाइ छ ।







