२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता गरे राम्रो हुँदैन नहुने बताएका छन् ।नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, प्रचण्डले भने । उनले राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने बताए ।
राष्ट्रपतिले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने उनले बताए । तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको उनको भनाई छ ।







