जापानमा एकैदिन थपिए साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित

३ भाद्र, एजेन्सी । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोरोना संक्रमण भएको छ।

यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो ।

यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा संक्रमण पुष्टि भएको थियो।

कोभिडका कारण एकैदिन दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिएका छन्।