डब्ल्यूएचओको चेतावनी : कोरोनाको खोप पत्ता लाग्नु अघि मृत्यु हुनेको संख्या २० लाख पुग्ने

असोज, १० काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको खोप पत्ता लाग्नु अघि २० लाख मानिकासको मृत्यु हुने चेतावनी दिएको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठनको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले उक्त चेतावनी दिदै भनेका छन्– ‘कोरोना संक्रमणबाट बच्नको लागि एकीकृत र प्रभावकारी कदम चाल्नुपर्छ ।’

उनले भने–‘कोरोनाबाट बच्नको लागि उनले सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका उपाय र विश्व स्वास्थ्य संगठनले जारी गरेका नियम कडाइका साथ लागू गर्नुपर्छ ।’

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

कोरोना विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

एजेन्सी