शेखरले भने – चोलेन्द्रलाई नजरबन्दमा राख्नु गलत

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै जस्तो अभिव्यत्ति दिएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

कोइरालाले महाअभियोग स्वतःनिस्क्रिय भएको बताएका हुन् । काेइरालाले भने, ‘महाभियोग लगाउने सांसदहरूको पदावधि समाप्त भइसकेको अवस्थामा महाभियोग स्वत: निस्क्रिय भएको छ।’

यसअघि एमाले अध्यक्ष ओलीले पनि महाअभियोग निस्क्रिय रहेको भन्दै चोलेन्द्रको वचाउ गरेका थिए । नजरबन्दमा राखेर सरकारले निलम्बित प्रधानन्यायाधीश जबराको मानव अधिकार हनन गरेको कोइरालले बताए।

उनले महाभियोग लगाउने सांसदहरूको पदावधि समाप्त भइसकेको अवस्थामा महाभियोग स्वत निस्क्रिय हुने बताए ।