असोज १३, काठमाडौं ।
नेपाल र चीनबीच व्यापारीक सम्बन्ध जोडिएको झन्डै डेढ सय वर्षपछि आज पहिलोपल्ट सहसचिवस्तरीय वार्ता हुन गइरहेको छ । मंगलबार मध्यान्ह १२ बजेदेखि दुवै देशको वाणीज्य सहसचिव स्तरको वार्ता भइरहेको छ ।
विश्वको पहिलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनसँग विशेषगरी रसुवागढी नाकाको स्तरोन्नतिका विषयमा छलफल गर्ने चिनियाँ पक्षको एजेन्डा छ । नेपालले भने झन्डै दर्जन विषयमा कुराकानी गर्न चाहेको छ ।
दुई देशबीच व्यापार बढाउन विशेष आर्थिक क्षेत्र स्थापना, नेपाली वस्तुको सहज निर्यात, विगतमा भएका सहमति जस्ता विषय बैठकमा उठाउने नेपालको तयारी छ । यस अघि हुने गरेका वार्तामा तिब्बती अधिकारी मात्र सहभागी हुने गरेका थिए । चिनियाँ व्यापार मन्त्रालयसँग पहिलोपल्ट वार्ता हुन लागेको हो ।







