‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’ सञ्चालनमा ।

काठमाडौँ — औषधि उद्योग ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’ सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे ।

‘स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प’भन्ने नारासहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धता छ ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङ, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतले ओम मेगाश्रीलाई सफलताको शुभकामना व्यक्त गरे ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए ।

झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।