राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्दै लोसपा छाडेको जानकारी गराएका हुन् ।

“अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ, विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन, सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ । यसको निम्ति, यस नवीन युगको नवीन नेपाल निर्माणनिम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु,” उनले भनेका छन् ।