मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.सतिशकुमार देव नियुक्त

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।