नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार बिहान सेन्चुरी बैंकका दुई जना तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूसहित १० जनालाई पक्राउ गरेको छ।
सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।
सिआइबीले सेन्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो।
कर्जा अपचलन गरेको आरोप लागेर पक्राउ पर्ने अन्य व्यक्तिहरुमा सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन्।







