काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय सहित ४ मन्त्रालय दाबी गरेको छ ।
गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी गरेको छ ।
उपसभापति स्वर्णिम वाग्लेका अनुसार गृहमा एमालेको दाबी भए पनि रास्वपाले नछाड्ने बताउछ न । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ ।
सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छन । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।







