हेटौंडा- ब्यबसायी प्रदिप कुमार रुङ्गटा द्वारा सन्चालित पोशक ब्रिडर फार्म प्रालिले हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर -१६ स्थित स्थानीय सामुदायिक वनको जग्गा अतिक्रमण गरेको पुष्टि भएको छ।
कम्पनीले सोही स्थानमा रहेको घ्याम्पे समुदायिक वनको १० बिघा भन्दा धेरै जग्गा अतिक्रमण गरी सो जग्गामा कुखुराको खोर, पानीको ट्यांकी,पुल तथा अन्य स्थाई संरचना निर्माण गरी अबैध रुपमा बर्सौं देखि भोग चलन गर्दै आएको छ ।

स्थानिय जनताको निरन्तर बिरोधको बाबजुत पनि पैसा र पावरको भरमा सरकारी निकायलाइ समेत आर्थिक प्रभावमा पारि फार्म चलाऊदै आएकोमा हाल अक्तियार दुरुपायोग अनुसन्धान आयोगको ताकेतापछी जिल्ला बन कार्यालय, जिल्ला प्रसाशन कार्यालय तथा हेटौंडा उपमहानगरले अनुगमन गरी ४८घन्टे अल्टिमेटम सहित भात्काउन आदेश दिएको छ। उक्त फार्ममा हाल प्रबन्ध निर्देशकको रुपमा उनको आफ्नै भतिज राजेश कुमार रुङ्गटा कार्यरत छ ।
सोहि स्थानमा खॊर तथा अन्य स्थाई संरचना निर्माणको क्रममा अनधिकृत तबरले ठुलो संख्यामा सालको रुखहरु फडानी गरि सोहि स्थानमा ड़ोजरले खाल्डो खनी पुरेको स्थानीयहरुको दाबी रहेको छ ।
त्यहाँ सन्चालित खोर निर्माण गर्ने क्रममा आईई समेत नगरेको, फर्मबाट निस्किएको दुर्गन्धित एबम बिषालु पानी सोझै स्थानीय खोलामा मिसाएको,खोरको गन्धले स्थानीयको जन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको तथा फर्म निर्माणको सरकारी मापदण्ड अनुसार मूल सडकबाट खोर निर्माण गर्दा छोड्नु पर्ने न्युनतम दुरी समेत नछोडी ३ वटा खोर निर्माण गरेको आरोप उनिमाथी लागेको छ ।
ब्यबसायी प्रदिप कुमार रुङ्गटाको नेपाली कांग्रेसका महासमिति सदस्य एबम चितवनका व्यावसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा दुरुत्सहान सम्बन्धि मुद्धा चितवन जिल्ला अदालतमा बिचारधिन छ ।







