२०८२ जेठ ८ गते
सरकारले फ्रोजन कुखुराको मासुमा भ्याट लगाएको छ। यसका कारण कुखुराको मासुमा प्रशोधन उद्योग समस्यामा छन् भने अर्कातिर उपभोक्ताको खरिदमूल्य पनि महँगो परेको छ । नेपालमा अहिले प्रसस्थ मासु प्रशोधन उद्योग सन्चालन भईरहेको छ ।
आर्थिक वर्ष २०८०/८१ देखि कुखुरा र माछाको फ्रोजन उत्पादनलाई भ्याट लगाएको हो। यसअघि आर्थिक वर्ष २०७९/८० सम्म कुखुराको फ्रोजन मासुको आयात र आन्तरिक बिक्रीमा भ्याट छुट दिएर अन्तःशुल्क ५ प्रतिशत लगाइएको थियो।
भारतमा कुखुराको मासु नेपालमा भन्दा सस्तो मूल्यमा पाइन्छ। भारतमा सस्तो भएको हुँदा यसको अवैध आयातको अंक पनि ठूलो रहँदै आएको छ।
यसबीच, सरकारले फ्रोजन मासुमा अवैज्ञानिक तरिकाले भ्याट लगाएपछि अवैध आयातमा वृद्धि भएर आन्तरिक उत्पादनमा असर परेको व्यवसायीले बताउने गरेका छन्। नेपाल कुखुराको मासुमा आत्मनिर्भर भए पनि सरकारले उचित सम्र्क्षण नगरेको गुनासो किसानहरुले गर्ने गरेको छ ।







