मनोज ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

२२ जेठ २०८२। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

जेठ २२ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

दैलेख स्थायी घर भएका ४८ वर्षीय ज्ञवालीसँग अढाइ दशकको बैंकिङ र चार्टर्ड अकाउन्टेन्सी क्षेत्रको अनुभव छ । उनी २०७७ साउनमा बैंकमा डेपुटी जनरल म्यानेजरको रूपमा प्रवेश गरेका थिए । बीचमा बढुवा हुँदै उनी महाप्रबन्धक (डेपुटी सीईओ) बनेका थिए ।