२०८२ असार १३ गते
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । असार ९ गते बसेको संघको बैैठकले चितवनलाई आधार मानी ११ गतेबाट अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
संघका अध्यक्ष विनोद पोखरेलको अनुसार ११ गतेबाट मध्यम अण्डाको प्रतिक्रेट मूल्य ४५० पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८० रुपैयाँ पुगेको छ ।
यसअघि १६ जेठमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४६५ रुपैयाँ तोकेको थियो ।
संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटि १३० रुपैयाँ थप लाग्ने पनि जनाएको छ ।







