सेजनले अस्वीकार गर्‍याे १ करोड अनुदान

असार १८, २०८२। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०८२८३ मा नेपाल सरकार बाट सञ्चालन अनुदान शीर्षकमा बिनियोजित भएको १ करोड रकम अस्वीकार गरेकाे छ।

मंगलबार राजधानीमा बसेको कार्यसमितिको बैंठकले उक्त अनुदान रकम अस्वीकार गर्ने निर्णय भएको जानकारी सेजन द्वारा प्रेसित बिज्ञप्ती मा उल्लेख छ ।

त्यस्तै सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको र हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको विज्ञप्तिमा उल्लेख छ।