सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की सेवाबाट बर्खास्त

सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ । 

अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

सहायक रथी राजाराम बस्नेतका अनुसार सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम फैसला भएको छ भने अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गरिनेछ ।