सरकारले आगामी आर्थिक वर्ष २०८२ ८३ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन वा उपदान हटाइ त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ ।
उक्त प्रणाली लागू गर्न अर्थ मन्त्रालयले सम्पूर्ण सरकारी निकायलाई असार २० गते पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न भनेको छ ।
सो प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी समेत गराइएको छ । सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिसकेको छ ।







