रसुवामा मंगलबार बिहान भोटेकोसी नदीमा आएको बाढीमा अहिलेसम्म ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएको जानकारीमा आएको छ ।
बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ भने चिनसँग सम्पूर्ण सम्पर्क बिस्थापित भएको छ ।
यस्तै बाढीले चार्जिङ स्टेसनमा रहेका ७/८ वटा ईभी गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्डमा भन्सार जाच पास गर्न राखेको गाडीहरु पनि बगाएको छ । गाडीको संख्या भने एकिन हुन सकेको छैन ।
बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन पनि बन्द भएको छ । रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार कठिनाइको कारणले अहिले उद्दारको कार्य राम्रो सँग सुचारु हुन सकेको छैन । बाढी र पहिरोले ९/१० ठाउँमा बाटो अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको छ।











