साहित्यकार स्व भैरव अर्यालका छोरा त्रिभुवन विश्वविद्यालयको उपकुलपति

साहित्यकार स्व भैरव अर्यालका छोरा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मा पाएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले हिजो शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले गरेको सिफारिसको आधारमा उपकुलपति नियुक्त गरेका हुन्। सिफारिस समितिले प्राडा दीपक अर्याल, प्राडा खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो। उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा चैत २८ गते मात्र स्वीकृत भएको थियो । २०५२ सालदेखि त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका दीपक अर्यालले २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञान विषयमा (पीएचडी) गरेका हुन्। उनी मौसम प्रणाली, संवहन प्रक्रिया, तथा वायुमण्डलीय प्रदूषणको गतिशीलता सम्बन्धी विज्ञ मानिन्छन्।