प्रतिनिधि सभाको निर्वाचन आउँदो फागुन २१ गते

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्।
हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा २०८२ साल भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी हुन्। अन्तरिम सरकारमा प्रधानन्यायाधीशको संलग्नताबारे परेको रिटमा खिलराज रेग्मीको नियुक्त गैर संवैधानिक भनेर ठहर गरेकी उनी उहीँ खिलराजकै शैलीमा प्रधानमन्त्री भइन्। संविधानमा पूर्व प्रधानन्यायाधीशको अवकाशपछि कतै राजनीतिक नियुक्ति गर्न नै पाइँदैन। त्यति लामो समय कानुनकै अभ्यास गरेकी उनी अन्तमा संसद् समेत नराखी संविधान मिचेरै प्रधानमन्त्री भइन्।