काठमाडौं। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा अहिले चुनाव घोषणा भइसकेको अवस्थामा अब त्यसलाई सफल पार्न लाग्नुपर्ने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयको सरसफाइमा पुगेका उनले अब अन्य विकल्प खोज्न नहुने समेत बताए। यदि यो सरकार असफल भयो र निर्धारित मितिमा चुनाव हुन सकेन भने देश गम्भीर संकटमा पर्न सक्ने भन्दाइ गहिरो चिन्त समेत प्रकट गरे ।
उनले सरकारलाई पनि निर्वाचन सम्पन्न गर्ने दिशामा मात्र केन्द्रित हुन आग्रह गरेका छन्।
उनले भदौ २३ गते भएको दमन र त्यसपछिका तोडफोड तथा आगजनी घटनाको छानबिन गरी दोषीमाथि निष्पक्ष कारबाही गर्न पनि माग गरे।







