कर तिर्न र विवरण बुझाउने समय असोज ५ गतेसम्म थप

काठमाडौं। अर्थ मन्त्रालयले २०८२ साल साउन महिनाको कर अब २०८२ असोज ५ गतेसम्म बुझाउन सकिने निर्णय गरेको हो। अर्थमन्त्रालयका अनुसार करदातालाई कर तिर्ने समय थप्नुका साथै करदातालाई विलम्ब शुल्क, ब्याज, दण्ड र जरिवाना पनि नलाग्ने व्यवस्था मिलाएको छ।

यस्तै, २०८२ साउन महिनाको कर: आयकर, मूल्य अभिवृद्धि कर र आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने शिक्षा सेवा शुल्कको विवरण र दाखिला पनि २०८२ असोज ५ गतेसम्म बुझाउन सकिनेछ।
सरकारको यो निर्णयले आन्दोलनका कारण समस्यामा परेका करदाताहरूलाई थप समय मिलेको छ।