काठमाडौं। नेपाल भेटेरिनरी एशोसिएसनले विश्व रेबिज दिवस तथा विश्व पशुपन्छी दिवसको अवसरमा देशव्यापी कार्यक्रम संचालन गर्ने भएको छ। यस अभियानको मुख्य उद्देश्य जनस्वास्थ्यमा गम्भीर असर पार्ने रेबिज रोगबारे व्यापक जनचेतना फैलाउनु, कुकुरमा निःशुल्क खोप अभियानमार्फत रोग नियन्त्रण गर्नु, र कुकुरहरुको संख्या नियन्त्रणका लागि बन्ध्याकरण सम्बन्धि तालिम कार्यक्रम र पशुपन्छी स्वास्थ्य तथा सेवामार्फत समग्र पशु कल्याणलाई प्रवर्द्धन गर्नु रहेको छ। विश्व रेबिज दिवस सेप्टेम्बर २८ तथा विश्व पशुपन्छी दिवस अक्टोबर ४ मा मनाउने गरेको छ ।
एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेद्वारा जारी बिज्ञप्तिका अनुसार बालबालिकादेखि समुदायस्तरसम्म प्रभावकारी जानकारी पुर्याउन विद्यालय शिक्षा कार्यक्रम, पशु चिकित्सकहरुको क्षमता अभिब्रिद्दीका लागि सर्जिकल तालिम, रोग नियन्त्रणका लागि खोप कार्यक्रम, सञ्चारमाध्यममार्फत सन्देश प्रसारण, तथा स्वास्थ्य शिविर जस्ता विविध गतिविधिहरू सञ्चालन गरिने छन्।
नेपालमा अझै पनि रेबिजका कारण मानव ज्यान जाने घटनाहरू रिपोर्ट हुने गरेका छन्। यस्ता घटनाको न्यूनिकरणका लागि पशु स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रबीचको समन्वय अपरिहार्य रहेको एशोसिएसनले जनाएको छ।







