काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार एक भिडिओ सन्देश जारी गर्दै देश र जनताविरूद्धका षड्यन्त्र नसकिएको र अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरू भएको बताएका छन्।
भिडिओ सन्देशमा उनले संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताए।







