गोर्खाको अजिरकोटमा पहिलोपटक फल्यो स्याउ

काठमाडौं। गोरखा जिल्लाको अजिरकोट गाउँपालिका अन्तर्गत २२०० मिटर उचाइमा अवस्थित वार्ड न २ मा पर्ने मूलखर्क र नब्लूमा पहिलोपटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्षअगाडि सुरु गरेको स्याउ फर्ममा पहिलोपटक स्याउ फलेको हो ।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाका अनुसार पालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको (गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) बेर्ना तीन वर्ष अघी रोप्न सुरु गरिएकोमा यस वर्ष बाट भने उत्पादन दिन थालेको हो ।

स्थानीय व्यवसायीहरु सञ्जिव लामाले मूलखर्क स्याउ फर्ममा चारसय र भीम तामाङले नब्लू स्याउ फर्ममा चारसय वटा विरुवा रोपेका थिए ।