काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आज जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
जौको अंकुर दुर्गा देवीलाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक जमरा ग्रहण गरिन्छ । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ ।







