घट्यो ब्रोइलर कुखुराको मासुको मूल्य

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । बजारमा मासुको खपत बढेसँगै ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो कोल्डस्टोर मुल्य रु २७० मा आएको छ ।

मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण केही घटेको भने छ ।

‘सामान्यतया चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले उपभोक्ताको क्रयशक्ति केही घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।