काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरूले सपथ लिएका छन् । उद्योगमन्त्रीमा अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा मदन परियार, सञ्चारमन्त्रीमा जगदीश खरेल र शिक्षामन्त्रीमा महावीर पुन नियुक्त भएका छन्।
सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्, मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । त्यस्तै जगदीश खरेल पत्रकार हुन् भने पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्।
यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।







