काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले कृषि ईन्जिनियर डा. मदन प्रसाद परियारलाई कृषि तथ पशुपन्छी बिकास मन्त्रीमा नियुक्त गरेकी छ्न् । डा. परियार समता फाउन्डेसनका अध्यक्ष हुन् भने उनि राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक समेत हुन्।
पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा २०८२ साल भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछी डा. मदन परियारले समता फाउन्डेसनका तर्फबाट जेनजी आन्दोलनको सन्दर्भमा प्रेस बिज्ञप्ती समेत जारी गरेका थिए ।
डा. परियारले भारत बाट कृषि ईन्जिनियरिङमा स्नातक र थाइल्यन्डको एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट ईन्जिनियरिङमा स्नातकोत्तर र पिएचडी गरेका छ्न् ।







