काठमाडौं। मन्त्रिपरिषद्को निर्णयमार्फत् पूर्वविशिष्ट पदाधिकारीहरूले पाउँदै आएको स्वकिय सचिबको सेवा सुबिधा अब काटिने भएको छ । सरकारी खर्च कटौती र मितव्ययिता सम्बन्धमा अर्थ मन्त्रालयको परिपत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।
परिपत्रमा ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने’ कुरा उल्लेख भएको छ ।
अब पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतका स्वकीय सचिवको सुविधा खारेज हुने देखिएको छ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहको पनि स्वकिय सचिबको सुबिधा काटिने भएको छ । प्रथम राष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाउँदै आएको स्वकिय सचिबको सेवा सुविधा पनि उक्त परिपत्र मार्फत खारेज हुने देखिएको छ।







