नेता र पूर्वकर्मचारीसँग कानुन बिपरित भएका गाडी र सुरक्षाकर्मी फिर्ता हुने

काठमाडौँ। अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न असोज ६ गतेको मन्त्रिपरिषद् को निर्णय बमोजिम अब नेता र पूर्वकर्मचारीसँग कानुन बिपरित भएका गाडी र सुरक्षाकर्मी फिर्ता हुने भएको छ । उक्त निर्णय कार्यान्वयन गर्नका निम्ती अर्थ मन्त्रालयले गृह तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।
उक्त निर्णय बमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक
पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा
मात्र प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ ।

त्यस्तै कानून बमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न पनि भनिएको छ ।