राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

काठमाडौँ। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियम बिपरित आफूले चढ्दै आएको संसद सचिवालयको गाडी आज फिर्ता गरेका छन्।

तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमा फिर्ता गरेका हुन्। असोज ६ गतेको मन्त्रिपरिषद् को निर्णय बमोजिम नेता र पूर्वकर्मचारीबाट नियम बिपरित गाडी लगायत अन्य सुबिधा फिर्ता गराउन अर्थ मन्त्रालयले गृह तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो ।