नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा विनोद पोखरेल पुनः निर्वाचित भएका छन् । ५ पुसमा भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला, कोषाध्यक्षमा प्रकाश चापागाई र वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने चयन भएका छन् ।
बि.सं. २०७९ असोज २९ गते संघको स्थापना भएको थियो । संघमा दुई सय ५० सदस्य रहेका छन् ।







